धादिङको सातवटा पालिकाको मतगणना सम्पन्न भएको छ। मतगणना व्यवस्थित गरेर गणना गर्दा छिटो सकिएको छ भने केही पालिकामा मतदाता सङ्ख्यासमेत थोरै रहेको छ।
सात पालिकामध्ये तीन वटा पालिकामा नेपाली कांग्रेस, दुई वटामा नेकपा (माओवादी केन्द्र), एक पालिकामा नेकपा एमाले र एउटा पालिकामा नेकपा (एकीकृत समाजवादी) विजयी भएको छ । माओवादी केन्द्रका तर्फबाट रुबीभ्याली गाउँपालिका अध्यक्षमा रामसिंह तामाङ र गजुरी गाउँपालिका अध्यक्षमा गणेशलाल श्रेष्ठ विजयी भए।
नेपाली कांग्रेसका तर्फबाट खनियाबास गाउँपालिका अध्यक्षमा रणबहादुर तामाङ, नेत्रावती डबजोङ गाउँपालिका अध्यक्षमा मेघनाथ रिजाल र ज्वालामुखी गाउँपालिका अध्यक्षमा यमनाथ दनै निर्वाचित भए। गल्छी गाउँपालिका अध्यक्षमा एमालेका केदार खतिवडा र धुनिबेंसी नगरपालिकामा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन् ।
यसैगरी गाउँपालिका उपाध्यक्षहरुमा नेपाली कांग्रेसका तर्फबाट रुबीभ्यालीबाट फे लामा तामाङ, नेत्रावती डबजोङ गाउँपालिकाबाट सीतामाया गुरुङ, गल्छी गाउँपालिकाबाट भाइकाजी तिवारी, धुनिबेँसी नगरपालिकामा सुरज उप्रेती निर्वाचित भए ।
नेकपा माओवादीले खनियाबास गाउँपालिका उपाध्यक्षमा सेक्केमान तामाङ र ज्वालामुखी गाउँपालिकामा एकीकृत समाजवादी धर्म अर्याल निर्वाचित भएका छन्। अब एक नगरपालिका र पाँच गाउँपालिकाको मतगणना भइरहेकाले नतिजा आउन बाँकी रहेको छ ।





























प्रतिक्रिया