तुलसीपुर उपमहानगरपालिकामा एमालेको सुरुवाती अग्रता

तुलसीपुर उपमहानगरपालिकामा एमालेको सुरुवाती अग्रता

केन्द्रबिन्दु
0
Shares

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । तुलसीपुरको मेयरमा पाँच सय मत गणना हुँदा एमालेका टिकाराम खड्काले २०२ मत प्राप्त गरेका छन् भने गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवारले १८७ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरमा एमालेका स्यानी चौधरीले २०७ र गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका १३२ मत प्राप्त गरेका छन् ।

पहिलो चरणमा तुलसीपुर उपमहानगरपालिका वडा नं १ र २ को गणना भइरहेको छ । यस उपमहानगरपालिकामा एक लाख एक हजार चार सय ६० मतदातामध्ये ७४ हजार तीन सय ३६ मत खसेको थियो । यसअघि तुलसीपुरकाको मेयर र उपमेयरमा एमालेले जितेको थियो ।

Logo