काठमाडौँ महानगरपालिकाको मेयरमा लगातार अग्रता बढाइरहेका स्वतन्त्र उम्मेदवार बालेन साहले पछिल्लो अवस्थामा पनि अगाडि नै छन्। पछिल्लो मतपरिणाम अनुसार बालेनले १७ हजार ३१ मत पाएका छन्।
यस्तै दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ८ हजार ८७६ मत ल्याएका छन्। बालेनले स्थापितसँग ८ हजार १५५ मतको अग्रता लिएका छन्। तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ७ हजार ९४१ मत ल्याएकी छन्।
अहिले काठमाडौंको वडा नम्बर, ४, ६, ७, २८ २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ। अघिल्लो जस्तै यी वडामासमेत बालेनले अग्रता कायमै राखेका हुन्।





























प्रतिक्रिया