काठमाडौं महानगरपालिकाको मेयरमा लगातार अग्रता बढाइरहेका स्वतन्त्र उम्मेदवार बालेन साह पछिल्लो अवस्थामा पनि अगाडि नै छन्।
उनले पछिल्लो समय एकपछि अर्को गरी मतान्तर बढाइरहेका हुन्। पछिल्लो मतपरिणाम अनुसार बालेनले १७ हजार ६४३ मत पाएका छन्।
यस्तै दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितले ९ हजार ११० मत ल्याएका छन् भने तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ८ हजार १६७ मत ल्याएकी छन्।
अहिले काठमाडौंको वडा नम्बर, ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ। अघिल्लो जस्तै यी वडामासमेत बालेनले अग्रता कायमै राखेका हुन्।





























प्रतिक्रिया