बसबरिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

बसबरिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

केन्द्रबिन्दु
0
Shares

सर्लाहीको बसबरिया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जनता समाजवादी पार्टी जसपाका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा रामसिंहासन राय र उपाध्यक्षमा सरिता कुमारी निर्वाचित भएका हुन् ।

राय ४ हजार ९४६ मत ल्याएर विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामअयोध्या यादवले २ हजार ८७१ मत पाए । यादव निवर्तमान मेयर समेत हुन् ।

गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित सरिता कुमारीले ४ हजार ७९५ मत प्राप्त गरिन् भने निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी निभा कुमारीले ३ हजार २३३ मत ल्याइन् ।

 

Logo