काभ्रेकाे मण्डनदेउपुरमा गठबन्धनकै अग्रता, २ वडाकाे मत गन्न बाँकी छँदै उपमेयर विजयी

काभ्रेकाे मण्डनदेउपुरमा गठबन्धनकै अग्रता, २ वडाकाे मत गन्न बाँकी छँदै उपमेयर विजयी

केन्द्रबिन्दु
9
Shares

काभ्रेकाे मण्डनदेउपुर नगरपालिकामा मतगणना जारी छ। हालसम्म वडा नम्बर १,२,३, ४, ५, ६, ७, ८, ९ र १० मा गणना सकिएर अन्तिम परिणाम प्राप्त भइसकेकाे छ। 

वडा नम्बर १,४,५ र ७ मा एमाले, २, ३ र ६, ९ र १० मा नेपाली कांग्रेसले जित हात पारेका छन्। यस्तै ८ नम्बरमा भने माओवादी केन्द्रले जितेकाे छ। यस वडामा ३ जना सदस्य कांग्रेसले जितेकाे छ भने एक जना माओवादी केन्द्रले जितेकाे छ ।

अहिले वडा नम्बर ११ र १२ काे मतगणना जारी छ। 

प्राप्त पछिल्लाे जानकारी अनुसार मेयरमा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका टाेकबहादुर वाइवा अगाडि छन् । उनले ८०५८ मत ल्याउँदा एमालेका विदुर सापकाेटाले ६८६२ मत ल्याएका छन् । नेपाल मजदुर किसान पार्टीका मुना तामाङले २३९ र राप्रपाकी हिरा बजगाइँले २१२ मत पाएका छन् ।

यस्तै उपमेयरमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपालले ९४१८ मत ल्याएर अगाडि छन् । एमालेकी सरिता ढकालले ५८०७ मत ल्याएकी छिन्। यहाँ २ वटा वडाकाे गणना बाँकी रहँदै उपमेयरमा विष्णुमणि नेपाल विजयी भइसकेका छन् । किनकी अब बाँकी वडामा ३५३१ मात्र मत छ । जबकी नेपालकाे मतान्तर नै ३६११ रहेकाे छ ।

 उपमेयरमा नेपाल मजदुर किसान पार्टीका पूर्णसिं तामाङले २५८ मत पाएका छन् ।

मण्डनदेउपुरमा १२ वटा वडाहरू रहेका छन् भने यहाँ २१ हजार ९३५ मत खसेकाे छ।

Logo