हलेसी तुवाचुङको मेयरमा कांग्रेसका विमला र उपमयेरमा रमेश विजयी

हलेसी तुवाचुङको मेयरमा कांग्रेसका विमला र उपमयेरमा रमेश विजयी

केन्द्रबिन्दु
0
Shares

खोटाङको हलेसी तुवाचुङ नगरपालिका मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

एमाले र नेकपा माओवादी केन्द्रको अघोषित गठबन्धनलाई तोड्दै कांग्रेसका विमला राई मेयर र रमेश राउत उपमेयरमा विजयी भएका हुन् । बुधबार राती सार्जननिक अन्तिम मतपरिणाम अनुसार विमलाले एमालेका उम्मेदवार खडेन्द्र राईलाई ३५१ मतले पछि पार्दै मेयरमा बाजी मारेकी हुन् ।

विमलाले ६३१७ मत र खडेन्द्रले ५९६६ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । २०७४ को स्थानीय निर्वाचनमा उपमेयरमा विजयी बनेकी विमला यसपटक मेयरमा फड्को मारेकी हुन् । खडेन्द्र अघिल्लो निर्वाचनमा पनि मेयरमा कांग्रेसका इवन राईसंग पराजित भएका थिए ।

उपमेयर राउतले ५९३४ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमेम्बर राईले ५६६१ मत पाएका छन् । राउत वडाध्यक्षबाट उपमेयरमा उक्लिएका हुन् । मुलुकभर एमाले बाहेकका गठबन्धन हुँदा हलेसी तुवाचुङमा एमाले र माओवादी केन्द्रको अघोषित चुनावी तालमेल भएको थियो ।

जसमा माओवादीका मेयर उम्मेदवार रुसिका राईले १०२ र एमालेकी उपमेयरका उम्मेदवार तुलसा बुढाथोकीले ५७० मत पाएकी छन् । ११ वडा रहेको नगरपालिकाको आठ वडामा कांग्रेस, दुई वडामा एमाले र एक वडामा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन् । 

हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडामा कांग्रेसका रुद्रकुमार राई, हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवामा कांग्रेसका देबेन्द्रकुमार राई, हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा कांग्रेसका भुपालसिं राई, हलेसी तुवाचुङ नगरपालिका-४ बडहरेमा कांग्रेसका किशोरकुमार बस्नेत, हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिममा कांग्रेसका रुपेन्द्रकुमार राई, हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारमा माओवादी केन्द्रका गन राई निर्वाचित भएका छन् । 

हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा कांग्रेसका कमल गिरी, वडा नं.८ धितुङमा कांग्रेसका टेकराज राई, वडा नं. ९ सल्लेमा कांग्रेसका काशीराज राई, वडा नं. १० अर्खौलेमा एमालेका अर्जुनकुमार पुरी र वडा नं. ११ राजापानीमा एमालेका अनिश कार्की विजयी भएका छन् । 

Skip This
Skip This
Logo