सप्तरीको सुरुङ्गा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका गीता कुमारी चौधरी निर्वाचित भएकी हुन्। उनले ७ हजार २९२ मत प्राप्त गरी निर्वाचित भएकी हुन्।
उनको निकटतम प्रतिद्वन्द्वी नेपाल नेकपा ( एकीकृत समाजवादी) का रामनारायण चौधरीले ४ हजार २७० मत प्राप्त गरे । यसअघि जिल्लाको कुनै पनि स्थानीय तहमा महिला नगरप्रमुखमा निर्वाचित भएका थिएनन् ।
त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकै रूद्रबहादुर कार्की विजय भएका छन्। उनले ६ हजार २७५ मत प्राप्त गरेका छन् । उनका निकटत प्रतिद्वन्द्वी नेकपा ( एकीकृत समाजवादी) का सुनिताकुमारी मुखियाले ३ हजार ९९८ मत प्राप्त गरिन्।





























प्रतिक्रिया