वीरगञ्ज महानगरमा राजेशमान सिंह ८ हजार ३४५ मतले अगाडि

वीरगञ्ज महानगरमा राजेशमान सिंह ८ हजार ३४५ मतले अगाडि

केन्द्रबिन्दु
0
Shares

पर्साको वीरगञ्ज महानगरपालिकामा गठबन्धन एमाले भन्दा दोब्बर मतले अगाडि । पछिल्लो मतपरिणा अनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंह १७ हजार २ मतसहित अगाडि छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयकुमार सरावगीले ८ हजार ६५७ मत प्राप्त गरेका छन् ।

राजेशमान सिंह विजयकुमार सरावगी भन्दा ८ हजार ३४५ मतले अघि छन् ।यसैगरी उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले १२ हजार १ सय ४८ मत प्राप्त गर्दा लोसपाका पुरुषोत्तमलाल झाले २४ सय ८१ मत प्राप्त गरेका छन् ।

Logo