विवेकशील साझा पार्टीको पहिलो जीत, बारामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जित्याे

विवेकशील साझा पार्टीको पहिलो जीत, बारामा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष जित्याे

केन्द्रबिन्दु
0
Shares

विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ। बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित भएका हुन् । 

अन्सारी चार हजार ४८५ मत ल्याई अध्यक्षमा निर्वाचित भए । पालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरीलालले दुई हजार ३९९ मत प्राप्त गरे। 

उपाध्यक्षमा विवेकशील साझा पार्टीकै नीलम साहले तीन हजार ५७० मत ल्याई विजयी भइन्। एमालेकी उपाध्यक्ष उम्मेदवार कमरुन खातुनले दुई हजार ३३३ मत प्राप्त गरिन्। स्थानीय तह निर्वाचनको इतिहासमा विवेकशील साझा पार्टीले पहिलोपटक जित निकालेको हो।

Logo