काभ्रेकाे पाँचखालमा कांग्रेसका महेश खरेलकाे अग्रता, पछ्याउँदै एमालेका कञ्चन अधिकारी

काभ्रेकाे पाँचखालमा कांग्रेसका महेश खरेलकाे अग्रता, पछ्याउँदै एमालेका कञ्चन अधिकारी

केन्द्रबिन्दु
0
Shares

काभ्रेकाे पाँचखालमा अहिले पनि मतगणना जारी छ । हालसम्म चार वटा वडाकाे गणना सकिँदा तीन वटा कांग्रेस र एउटा माओवादी केन्द्रले जितेकाे छ । वडा नं. १३ मा वैशाख ३० मा मतदान स्थगित भएकाे थियाे । जेठ ३ मा त्यहाँ पुनः मतदान भए पछि गणना सुरू भएकाे हाे । 

हालसम्म प्राप्त नतिजा अनुसार मेयरमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार महेश खरेलकाे अग्रता कायमै छ । उनले ४ हजार २४१ मत ल्याएका छन् भने एमालेका कञ्चन अधिकारीले २ हजार ४७८ पाएका छन् । 

यस्तै उपमेयरमा पनि गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार मणि गाैतम ३ हजार १३० सहित अगाडि छन् भने एमालेकी सूर्यमाया दनुवारले २ हजार ७५० मतका साथ पछ्याइरहेकी छिन्।

पाँचखालमा जम्मा २३ हजार १८१ मत खसेकाे छ । यहाँ १३ वटा वडा रहेका छन्। यसअघि यस नगरपालिकामा कांग्रेसले जितेकाे थियाे। 

Logo