काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ। पछ्ल्लिो मतगणना अनुसार बालेनले २८ हजार ९ सय २९ मत पाएका छन्।
नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १४ हजार ९ सय ८० मत प्राप्त गरेका छन्। यस्तै गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १४ हजार ६६४ मत पाएकी छन् । बालेन साह र केशव स्थापित भन्दा १३ हजार ९ सय ४९ मतले अघि छन्।
उपप्रमुख तर्फ नेकपा एमालेका उम्मेदवार सुनीता ड्ङगोलको २६ हजार ८ सय ५७ उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजबादीका उम्मेदवार रामेश्वर श्रेष्ठको ८ हजार ६ सय ७९ मत प्राप्त गरेका छन् । वडा नंबर १ देखि ५ सम्म एमालेले जितेको छ। यसै गरी वडा नंबर २८ र ३० मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।





























प्रतिक्रिया