भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिइरहेकी छन्।
शुक्रबार दिउँसो २ः४३ बजेसम्म ५८ हजार १३४ गणना हुँदा रेनुले २१ हजार ९६४ मत ल्याएर अग्रता कायम राखेकी छन्। उनलाई १८ हजार ७७९ मतसहित एमालेका विजय सुवेदीले पछ्याइरहेका छन्।
रेनु र सुवेदीलाई स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २२३ मत ल्याएर पछ्याइरहेका छन्।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २४ हजार २८८ मतसहित अग्रता कायम राख्दा राप्रपाकी हिमला गुरुङले १४ हजार ८४६ मत ल्याएर पछ्याइरहेकी छन् ।





























प्रतिक्रिया