यूरोपका विभिन्न देशमा कोरोना खोप अभियान स्थगित गरिएको छ । खोपकाे अभावमा स्थगत भएकाे समाचारमा उल्लेख छ । एस्ट्राजेनिकाकाे उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ ।
युरोपका विभिन्न ठाउँमा फाइजर र बायोएनटेकले प्रतिवद्धता गरेअनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको हो । अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाको खोपलाई अहिलेसम्म युरोपेली युनियन (ईयू)ले स्वीकृत गरिसकेको छैन ।
संक्रमितको संख्या उकालो लागिरहेका बेला अस्थायी रूपमा खोपको आपूर्ति घटाउँदा खोप अभियान प्रभावित भएको छ ।





























प्रतिक्रिया