कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाल जितनजिक पुगेका छन् । पछिल्लो गणनाअनुसार हमालको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार नृपबहादुर वडसँग १० हजार ९९७ मतान्तरको अग्रता छ ।
६३ हजार ७१५ मत खसेको धनगढीमा ५१ हजार ६५ मतगणना भइसकेको छ । हमालले २२ हजार ५४१ मत पाएका छन् । सत्ता गठबन्धनतर्फका उमेदवार कांग्रेसका नृपबहादुर वडले ११ हजार ५४४ मत पाएका छन् । धनगढीमा अब साढे १२ हजार मत गन्न बाँकी छ ।































प्रतिक्रिया