भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेकी रेनु दाहाल ७ हजार ८५४ मतले अग्रता लिएकी छन्।
करिब ९१ हजार १२१ मत गणना हुँदासम्म दाहालले ३६ हजार ७६२ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का विजय सुवेदीले २८ हजार ४१८ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत प्राप्त गरेका छन्। उनीहरुको मतान्तर ७ हजार ८५४ रहेको छ।
उपप्रमखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङलाई १५ हजार ९५८ मतान्तरले अग्रता लिएकी छन्। अधिकारीले ३८ हजार ३८५ मत प्राप्त गर्दा गुरुङले २२ हजार ४२७ मत प्राप्त गरेका छन्। अब ३५ हजार बराबर मत गणना हुन बाँकी छ।





























प्रतिक्रिया