भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार बनेकी रेनु दाहालले ८ हजार ५९ मतले अग्रता लिएकी छन्।
अहिलेसम्म ९५ हजार ३११ मतगणना हुँदासम्म दाहालले ३७ हजार ४६८ मत प्राप्त गरेकी छन्। नेकपा (एमाले) का विजय सुवेदीले २९ हजार ३१४ मत प्राप्त गरे।
उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हिमला गुरुङलाई १६ हजार ४२७ मतान्तरले अग्रता लिएका छन्। अधिकारीले ३९ हजार ६३९ मत प्राप्त गर्दा गुरुङले २३ हजार २१२ मत प्राप्त गरेकी छन्।





























प्रतिक्रिया