बालेनले पाएकाे मत ४१ हजार कट्याे, सिंह र स्थापितकाे कति ?

बालेनले पाएकाे मत ४१ हजार कट्याे, सिंह र स्थापितकाे कति ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकामा एक सातादेखि जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेनले साहकै अग्रता कायम छ।

पछिल्लो समय १ लाख १६ हजार ८८५ मत गणना भइसक्दा बालेनले ४१ हजार २६९ मत ल्याएका छन्। 

उनलाई पछयाइरहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार ८५५ मत ल्याएकी छन्। बालेन सिर्जनाभन्दा १७ हजार ४२४ मतले अघि छन्।

उता यसअघि दोस्रो नम्बरमा रहेका नेकपा एमालेका उम्मेदवार केशव स्थापित भने तेस्रो नम्बरमा खुम्चिएका छन्। उनले २३ हजार २४ मत ल्याउन सकेका छन्।

Logo