भ्यू टावरको अर्थ नबुझ्नेहरुले यसकाे विरोध गर्ने गरेका छन् : ओली

भ्यू टावरको अर्थ नबुझ्नेहरुले यसकाे विरोध गर्ने गरेका छन् : ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्यू टावरको अर्थ नबुझ्नेहरुले यसको विरोध गर्ने गरेको टिप्पणी गरेका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले भ्यू टावरको अर्थ र महत्व नबुझेकै कारण नेपाली कांग्रेसले आफ्नो स्थानीय तह निर्वाचनसम्बन्धी घोषणा पत्रमा भ्यू टावर बनाउँदैनौं भनेर उल्लेख गरेको जिकिरसमेत गरे। आइतबार काठमाडौंमा मीना श्रेष्ठद्वारा लिखित कविता संग्रह ‘फर्गेट एस्टडे’ विमोचन गर्दै उनले भ्यूटावरको विरोध गरेको भन्दै नेपाली कांग्रेसलाई फ्रान्समा बनाइएको इफेल टावरले अर्बौं आम्दानी दिएको स्मरण गराए। 

ओलीले धान, मकै, कोदो, लिची नफल्ने फ्रान्सको इफेल टावर, वासिंटन टावर र अन्य ठाउँमा रहेका टावरहरुले अर्बाैं आम्दानी दिने गरेको बताए । उनले त्यस्ता टावरहरु हरेक देशको उचाई भएको र गर्वको विषय रहेको तर्कसमेत गरे । त्यस अवसरमा अध्यक्ष ओलीले इतिहासप्रति गर्व गरेर, त्यसका गौरवपूर्ण कामहरु सम्झेर अघि बढन पनि सबैलाई आह्वान गरे । 

ओलीले कवयित्री श्रेष्ठलाई समाजले फर्गेट एस्टडे लेख्न लगाएको उल्लेख गर्दै अब इतिहासप्रति गौरव गरेर लेख्न लगाउनुपर्ने पनि बताए ।

Skip This
Skip This
Logo