पोखरा महानगरमा धनराजको ४३ हजार ५६५ मत, कसले कति ल्याए ?

पोखरा महानगरमा धनराजको ४३ हजार ५६५ मत, कसले कति ल्याए ?

केन्द्रबिन्दु
0
Shares

पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका प्रमुख उम्मेदवार धनराज आचार्यको मत ४३ हजार कटेको छ।

आइतबार बिहानको मतपरिणामअनुसार आचार्यको मत ४३ हजार ५६५ रहेको छ। उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाको ४० हजार १२३ मत छ। आचार्यले सुरुदेखि नै अग्रता लिएका हुन् ।

महानगरको उपप्रमुख पदमा नेकपा एमालेकी मन्जुदेवी गुरुङको अग्रता छ। गुरुङको मत ४५ हजार ६४९ पुग्दा कांग्रेसकी कोपिला रानाभाटको ४३ हजार ६५४ मत पुगेको छ।
 

Logo