सरकारले बजेट छपाइको काम सुरु गरेको छ । आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा रहेको सरकारले छपाइको काम थालेको छ।
आर्थिक विधेयकबाहेक अरु कामलाई अर्थ मन्त्रालयले लगभग टुङ्गो लगाएपछि छपाइ थालिएको हो। चैत १ देखि ‘रुटिन’ नै तयार गरेर अर्थ मन्त्रालयले बजेट निर्माण सुरु गरेको थियो।
यसअनुसार आज जेठ ८ मा व्यय अनुमान र खर्च शीर्षकगत अनुमानको अंक रुजुसहित ९रातो किताब अन्तिम मस्यौदा तयार भएको छ। यसलाई आजैदेखि छाप्न थालिने मन्त्रालयले जनाएको छ। जेठ १२ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने तयारी छ।
सोही दिन बजेट भाषण पनि अन्तिम टुंगो लगाउने आफ्नो रुपरेखामा अर्थ मन्त्रालयले समावेश गरेको छ। जेठ १३ मा स्रोतपुस्तिका छपाइका लागि प्रेसमा पठाउने र जेठ १४ गते संसदको दुवै सदनमा आर्थिक सर्वेक्षण र संस्थानको प्रगति विवरण प्रस्तुत गरिनेछ।
जेठ १५ गते संसदको दुवै सदनमा बजेट प्रस्तुत गरिनेछ।
यही जेठ ३ गतेदेखि बजेट अधिवेशन सुरु भएको थियो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम १० गते सार्वजनिक हुँदै छ।





























प्रतिक्रिया