गौरीगन्जमा यसअघिकी उपाध्यक्ष बनिन् अध्यक्ष, उपाध्यक्ष पनि महिला निर्वाचित

गौरीगन्जमा यसअघिकी उपाध्यक्ष बनिन् अध्यक्ष, उपाध्यक्ष पनि महिला निर्वाचित

केन्द्रबिन्दु
0
Shares

झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा महिला निर्वाचित भएका छन् ।

आइतबार राति आएको अन्तिम मतपरिणाम अनुसार अध्यक्षमा नेपाली कांग्रेसकी फूलवती राजवंशी र उपाध्यक्षमा नेकपा एमालेकी पुजन न्यौपाने विजयी भएका हुन् । 

अध्यक्षमा निर्वाचित राजवंशीले ५६८९ मत प्राप्त गरेकी छन् । त्यस्तै अध्यक्षमा नेकपा एमालेबाट प्रतिस्पर्धी विजय अग्रवाल ३३३० मत सहित पराजित भए। 
२०७४ मा कांग्रेसबाट उपाध्यक्ष निर्वाचित भएकी राजवंशी यसपटक अध्यक्ष निर्वाचित भइन् । गाँउपालिकाका निवर्तमान अध्यक्ष राप्रपाका बाबुराजा श्रेष्ठभने तेस्रो स्थानमा रहे ।  श्रेष्ठले ३३०७ मत मात्र प्राप्त गरे ।

गाउँपालिका उपाध्यक्षमा एमालेकी न्यौपाने ४७५५ मतसहित निर्वाचित भएकी छन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसका मखना महतोले ३७९५ मत प्राप्त गरेकी छन् ।
 

Logo