माग्ने बुढाको निर्देशनमा बनेको कमेडी हब बुधबारदेखि, यस्ता छन् कलाकारहरु

माग्ने बुढाको निर्देशनमा बनेको कमेडी हब बुधबारदेखि, यस्ता छन् कलाकारहरु

केन्द्रबिन्दु
0
Shares

हाँस्य कलाकार केदारप्रसाद घिमिरे माग्ने बुढाको  निर्देशनमा रहने हाँस्य व्यङ्ग्य टेलिभिजन कार्यक्रम ‘कमेडी हब’ जेठ ११ गते बुधबारदेखि हरेक हप्ता प्रसारण हुने भएको छ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा शोका विषयमा औपचारिक जानकारी गराइएको हो। युवा हाँस्य व्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलको परिकल्पना रहेको टेलिभिजन कार्यक्रम एपी वानबाट हरेक बुधबार बेलुका ८ बजे पश्चात आउने भएको छ।  कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित हाँस्यविधाका चर्चित कलाकारले यस कार्यक्रमको शुभारम्भ गरे। कार्यक्रममा बोल्दै महजोडीले शोको सफलताको कामना दिए । 

अभिनेता दीपकराज गिरीले पछिल्लो समय नेपालमा हाँस्य व्यङ्ग्य विधालाई रुचाइन थालिएको बताए। अभिनेता मनोज गजुरेलले हँसाउनु, सामाजिक सन्देश र एकताको सन्देश दिनु कमेडीको उद्देश्य रहेको बताए।

अभिनेता जितु नेपाल मुन्द्रेले पछिल्लो समय टेलिभिजन हेर्ने बानी कम भएको भन्दै  अहिले दर्शकले टीभी नभएर टीभीले दर्शक हेर्ने परिस्थिति आएको भन्दै ठट्टा गरे। 

एक दर्जनभन्दा बढी नयाँ पुस्ताका कमेडी कलाकारलाई लिएर मिडिया हबले कार्यक्रम निर्माण गर्न लागेको हो। कार्यक्रममा माग्ने बुढा, राजा राजेन्द्र पोखरेल र हिमेश पन्त, सुवोध गौतम, राजेन्द्र नेपाली लट्टे, जानुका पौडेल प्याकुली, दिलीप तामाङ हुरहुर, खड्गबहादुर पुन खबपु, प्रभात लामा, संगम राई लब्ली, नारिया गिरी, राधिका कँडेल, बेदना राई मैना, सीता न्यौपाने, अनिल राई आम्बो, दीपेन्द्र प्रसाईं, कल्पना खतिवडा र दीपेश घिमिरेले कमेडी पस्किनेछन्।

जनकदीप पराजुलीको प्रविधि निर्देशन, सागर प्रधानको छायांकन र फूर्वा शेर्पाको श्रृंखला निर्देशन रहने कार्यक्रममा नाटक, प्रहसन, स्ट्याण्डअप, प्यारोडी, हास्यकविताका विधा समेटिने जनाइएको छ।

Skip This
Skip This
Logo