पोखरा अपडेट : दुई वडामा पुनः मतगणना माग

पोखरा अपडेट : दुई वडामा पुनः मतगणना माग

केन्द्रबिन्दु
0
Shares

पोखरा महानगरको दुई वडामा पुनः मतगणना गर्न माग गरेको छ । पोखरामा नेकपा एमालेले एउटा वडाको पुनः मतगणना माग गरेकोमा कांग्रेसले दुई वडाको फेरि मतगणना गर्न माग्दै निवेदन दिएको छ ।

एमालेले मंगलबार बिहान ९ मत हराएको भन्दै पोखरा १८ को पुनः मतगणा माग गरेको थियो । दिउँसो कांग्रेसले पोखरा १ र १७ मा पुनः मतगणना माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएको हो ।

पोखरा १८ मा खसेको र गणना भएको मतमा ९ अन्तर छ । त्यहाँ एमाले उम्मेदवार ३ मतले हारेका थिए । कांग्रेसले पुनः मतगणना माग गरेका वडामा भने त्यस्तो अवस्था छैन ।

पोखरा १ मा एमालेका सहारा प्रधानले कांग्रेसका सीता गुरुङलाई ४१ मतले हराएर विजयी भएका थिए । पोखरा १७ मा कांग्रेसका देवराज आचार्यलाई हराएर एमालेकी राधिकाकुमारी शाही विजयी भएकी थिइन् ।

पोखरा १ मा एमालेका प्रधानले १ हजार १४५ र कांग्रेसकी गुरुङले १ हजार १०४ मत पाएका थिए । पोखरा १७ मा एमालेकी शाहीले ८३ मतले कांग्रेसकी आचार्यलाई हराएकी थिइन् । शाहीले २ हजार ६२५ र आचार्यले २ हजार ५४२ मत पाएका छन् ।

पोखरा १ को मतगणना सुरुमै सार्वजनिक भएको थियो । तर, अहिले पुनः मतगणना मागेर निवेदन दिइएको हो । पोखरा १७ को भने सोमबार मतगणना सकिएको थियो ।

पोखरा १८ को मतगणना मंगलबार बिहान सकिएसँगै एमालेले मत हराएको भन्दै पुनः मतगणना माग गरेर निवेदन दिएको छ ।

Logo