वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने

वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने

केन्द्रबिन्दु
0
Shares

सरकारले जग्गाको मूल्य निर्धारण गर्दा वैज्ञानिक विधि अपनाउने भएको छ । मंगलबार संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने बताएकी हुन् । 

विशिष्टिकृत प्रविधिबाट मात्र जग्गाको कारोबार गर्ने व्यवस्था मिलाइनेछ राष्ट्रपति भण्डारीको भनाई थियो । त्यस्तै नाप जाँच छुट भएका स्वबासी, बेनिषा जस्ता जग्गाधनीलाई जग्गा उपलब्ध गराइने भण्डारीले बताइन् । 

भूमीको खण्डिकरण गरी वैज्ञानिक उपयोग गरिने भन्दै राष्ट्रपति भण्डारीले देशभरका सरकारी, सामुदायिक र गुठी जग्गाको डिजिटल तथ्यांक तयार गरिने बताइन् ।
 

Logo