बुढीगण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा निर्माण गरिने

बुढीगण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा निर्माण गरिने

केन्द्रबिन्दु
0
Shares

नेपालकै लगानीमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । 

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै लगानीमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने जानकारी दिएकी हुन् । 

सरकारले १२ सय मेगावट बुढीगण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा निर्माण गर्ने भएको हो । 

साथै पश्चिम सेती, तल्लो अरुण र सेती रिभर–६ को निर्माण कार्य पनि आगामी आर्थिक वर्षबाटै सुरु गरिने राष्ट्रपति भण्डारीले जानकारी दिइन् । 

Logo