सरकारले किशोरीलाई पाठेघरको मुखको क्यानसर विरुद्धको खोप दिने भएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०७९/८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै त्यस्तो जानकारी दिएकी हुन् ।
महिलामा हुने पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रिनिङ सेवा सुरु हुने जानकारी गराउदै राष्ट्रपति भण्डारीले चिकित्सा शिक्षा अध्ययन गराउने संस्थाको क्षमताको आधारमा विद्यार्थी संख्या वृद्धि गरिने बताइन् ।
देशभित्र परीक्षण हुन नसकेका बिरामीलाई मात्र विदेश परीक्षणका लागि विदेश पठाइनेछ । दीर्घ रोगीका लागि पुनस्थापना तथा परामर्श केन्द्र स्थापन हुने बताउदै उनले ज्येष्ठ नागरिकका लागि विशिष्टिकृत स्वास्थ सेवा प्रदान गरिने जानकारी दिइन् । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिलाई खोप लगाउन सुरु गरिने भन्दै उनले आगामी आर्थिक वर्षमा डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयनमा ल्याइने बताइन् ।
सामूदायिक विद्यालयमा स्वास्थ्य स्वयमसेविका परिचालन गरिने बताउदै उनले बालबालिकाको हक सुनिस्चित गर्दै आधारभूत स्वास्थ्य शिक्षा र पोषणमा सबैको पहुँच अभिवृद्धि गरिने बताइन् ।





























प्रतिक्रिया