काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ ।
उनले आफ्ना प्रतिस्पर्धीसंग गणना हुन बाँकी मत भन्दा बढी मतान्तर बनाएपछि शाहको जित सुनिश्चित भएको हो । निर्वाचन कार्यलयका अनुसार विहान ११ बजेको अपडेट अनुसार बालेनले ५७ हजार ४४७ मत पाएका छन् । दोस्रो स्थानमा रहेकी गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३७१ मत छ ।
शाह र सिंहबिचको मतान्तर २१ हजार १२१ छ । काठमाडौं महानगरको खसेको मतमध्ये १९ हजार ३२३ मत गन्न बाँकी छ । काठमाडौंमा कुल १ लाख ९१ हजार १२५ मत खसेको थियो । जस मध्ये १ लाख ७१ हजार ८०२ मत गणना भइसकेको छ ।





























प्रतिक्रिया