घाँटीबगर क्षेत्रमा काम गर्ने मजदुरको ढुङ्गा लागेर मृत्यु

घाँटीबगर क्षेत्रमा काम गर्ने मजदुरको ढुङ्गा लागेर मृत्यु

केन्द्रबिन्दु
0
Shares

दार्चुला ।

महाकाली लोकमार्ग अन्तर्गत तिंकर सडकको घाँटीबगर क्षेत्रमा घोरेटो बाटो निर्माणमा संलग्न एक मजदूरको ढुङ्गा लागेर मृत्यु भएको छ । नेपाली सेनाले गत जेठ ९ गतेदेखि निर्माण गरिरहेको घाँटीबगर क्षेत्रमा काम गर्दै आएका व्यास गाउँपालिका–५ धौलाकोटका ३७ वर्षीय दिवानसिह धामीको मृत्यु भएको हो ।

शुक्रबार बेलुकी ५ बजेतिर घाँटीबगर क्षेत्रमा बाटो खन्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर धामी गम्भीर घाइते भएका थिए । घाइते धामीलाई साढे ७ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत जिल्ला अस्पताल पु¥याइए पनि उनको बाटोमै मृत्यु भइसकेको जिल्ला अस्पतालका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए ।

अँध्यारो भइसकेका कारण घाइते धामीलाई बाहिर जिल्ला उपचारका लागि लिन नसकिएको दुर्गादल गुल्मका गुल्मपति विक्रमदेव थापाले बताए । राति भएका कारण जिल्ला अस्पताल पु¥याइएको थियो । नेपाली सेनाले यो क्षेत्रमा साढे पाँच सय मिटरमध्ये झण्डै ८० मिटर मात्रै बाटोको ट्र्याक खोल्न बाँकी छ । कडा चट्टानी भूगोल रहेको यो क्षेत्रमा सेनाले बाटो खोल्ने जिम्मेवारी पाएको थियो । बाटो खोलेपछि यो क्षेत्रमा व्यासका नागरिकलाई आवतजावत गर्न सहज हुनेछ ।रासस

Logo