सेयरबजारमा आज १४.३७ अंकको वृद्धि

सेयरबजारमा आज १४.३७ अंकको वृद्धि

केन्द्रबिन्दु
0
Shares

सेयरबजारमा आज १४.३७ अंकको वृद्धि देखिएको छ। सूचक उक्त अंकले बढेर फेरि २२३१.५७ विन्दुमा थामिएको छ। यस्तै बुधबार सेन्सिटिभ सूचक पनि २.४२ अंकले हरियो हुनपुगेको छ। 

आज कुल २२६ कम्पनीको २६ लाख ९४ हजार कित्ता सेयर बिक्री भए। दिनभरिमा २२ हजार पटकको खरिदबिक्रीसँगै एक अर्ब ४ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज १३ वटै उपसूचकहरु उकालो लागेका छन्। 

आज लगानीकर्ताहरुले ५.९२ प्रतिशतसम्म कमाउँदा ७.१३ प्रतिशतसम्म गुमाउनुपरेको छ। कम्पनीहरुको आज ८ करोड ३४ लाख रुपैयाँसम्मको अधिकतम कारोबार भएको छ। 

 

Logo