च्याम्पियन्स लिगको फाइनल कहिले र कहाँ ?

च्याम्पियन्स लिगको फाइनल कहिले र कहाँ ?

केन्द्रबिन्दु
0
Shares

यो सिजन च्याम्पियन्स लिगको फाइनल खेल शनिबार मे २९ मा रियल म्याड्रिड र लिभरपुलबीच सेन्ट डेनिस पेरिस स्थित स्टेड डे फ्रान्स रंगशालामा नेपाली समय अनुसार राति पैने १ बजे हुँदैछ ।

 सेमिफाइनलको पहिलो र दोस्रो लेगमा गरी समग्रमा लिभरपुलले भियारियललाई ५-२ ले हराउदा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ६-५ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । 

सन् १९९८ को विश्वकप आयोजना गर्न बनेको स्टेड डे फ्रान्स रंगशालामा यो पटकसम्म जोडेर तेस्रो पटक फाइनल खेल खेलिदैछ । पहिलो खेल सन् २००० मा भ्यालेन्सिया र रियल म्याड्रिड बीच भएको थियो, त्यो खेल रियल म्याड्रिडले ३-० ले जितेको थियो । 

दोस्रो खेल सन् २००६ को च्याम्पियन लिगको फाइनल मा भएको थियो । सो फाइनल खेलमा बार्सिलोनाले आर्सनललाई २-१ गोलले हराएको थियो । यस्तै तेस्रो खेल युरोकप २०१६ मा समुह चरण, अन्तिम १६, क्वाटरफाइनल र फाइनल खेल भएको थियो । युरोकप २०१६ को फाइनल खेलमा पोर्चुगलले फ्रान्सलाई १-० ले हराएको थियो ।

यो सिजनको फाइनल खेल पहिले सेन्ट पिटसबर्गको ग्याजप्रोम एरिनामा खेलिने निर्णय भएको थियो । तर रुसले युक्रेनमा आक्रमण गरेपछि युइएफएले पहिले तोकिएकोे स्थान परिवर्तन गरी स्टेड डी फ्रान्स रंगशालामा फाइनल खेल सारियो ।
 
च्याम्पियन्स लिगको फाइनल कहिले र कहाँ ?

१ पेरिसको स्टेड डी फ्रान्स रंगशालामा राती पैने १ बजे खेलाइने,
२ खेल मे २९ शनिबारका दिन हुने,
३ ८० हजार भन्दा बढी दर्शक क्षमता भएको,
४  पहिलो खेल १९९८ को विश्वकप अघि फ्रान्स र स्पेन बीचको मैत्रीपूर्ण खेल ।

Logo