१० दिनमै मन फेर्दै मेसीले भने, ‘यो मेरो जीवनको भाग हो’

१० दिनमै मन फेर्दै मेसीले भने, ‘यो मेरो जीवनको भाग हो’

केन्द्रबिन्दु
0
Shares

लिओनल मेसीले तत्काल बार्सिलोनाका क्लब नछाड्ने भएका छन् ।

मेसी क्लवविरुद्ध मुद्दा लड्ने चाहना नभएको र बार्सिलोनाले जारी गरेको रिलिज क्लज तिर्न अन्य क्लबका लागि सम्भव नहुने भएकाले तत्काल क्लबमै बस्न बताएका हुन्।

मेसीले गत  साता आफूले क्लबसँगको करिअर टुंग्याउन चाहेको बताएका थिए भने रिलिज क्लजको सर्त हटाउन बार्सिलोनालाई आग्रह गरेका थिए।

तर मेसीले आफू क्लब छाड्न स्वतन्त्र रहेको बताएका छन्। उनले आफू सिजनका अन्त्यमा अन्यत्र जान चाहे पनि  क्लबका अध्यक्षले आफ्नो वचन नराखेको बताएका छन्।  उनले भनेका छन् , ‘मैले अब बार्सिलोनामै रहने निर्णय गरेको छु, किनभने अध्यक्षले भनेका छन्, मैले क्लब छाड्ने एक मात्र उपाय भनेको ७० करोड युरो तिर्नु हो, जुन कसैका लागि पनि सम्भव छैन ।’

उनले  बार्सिलोनाको  माया लाग्ने भएकाले कानुनी लडाई लड्न नचाहेको बताएका छन्।  ‘यो क्लबले मलाई धेरै दिएको छ । यो मेरो जीवनको भाग हो, यहाँ मैले आफ्नो जीवन बिताएको छु ।’ उनले भनेका छन्।  उनले आफू युरोपेली च्याम्पियन्स लिगमा खेल्न चाहेको बताएका छन्।

मेसीले बार्सिलोनासँग सन् २०१७ मा २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए। सो सम्झौतामा चार वटै सिजनको अन्त्यमा चाहेको अवस्थामा क्लब छाड्न सक्ने बुँदा उल्लेख रहेको मेसीका वकिलको दाबी छ।

बार्सिलोनाले भने सिजनको अन्त्य जुन मध्यमा हुने भएकाले सो बुँदाको कानुनी आधार सकिएको बताउँदै गएको छ।

Logo