संघीय संसद अन्तर्गत राष्ट्रिय सभा सचिवालयमा यौन अपराध बिरुद्ध उजुरीमा हदम्यादको व्यवस्था हटाउने मागसहित संकल्प प्रस्ताव दर्ता गरिएको छ ।
राष्ट्रियसभा सदस्य एवं नेपाली कांग्रेसकी नेतृ कमला पन्तको प्रस्तावमा शुक्रबार उक्त संकल्प प्रस्ताव दर्ता भएको संसद सचिवालयले जनाएको छ ।
प्रस्तावको समर्थकमा सांसदहरू बिमला राई पौडयाल, प्रमिलाकुमारी यादव, खिमलाल देवकोटा, बिमला घिमिरे, मदनकुमारी शाह गरिमा, शेखर कुमार सिंह, गंगा कुमारी वेलवासे र तुलप्रसाद विश्वकर्मा छन् ।
यौन अपराध बिरुद्ध उजुरी दिने हदम्याद सम्बन्धी ब्यवस्था हटाउनुका साथै दण्ड सजायको व्यवस्थासमेत पुनरावलोकन गर्न जरुरी भएकाले उक्त प्रस्ताव अघि सारिएको संकल्प प्रस्तावमा भनिएको छ ।
बाल यौन दुर्व्यवहारको कसुरमा सजायको लागि उजुरी दिने हदम्याद सम्बन्धी व्यवस्था पूर्ण रुपमा हटाउन र बालबालिका बाहेक अन्यको हकमा समेत बलात्कार जस्तो जघन्य अपराधमा उजुरी दिने हृदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन र पुनर्विचार गरी आवश्यक संशोधन गर्न प्रस्तावमा माग गरिएको छ ।
बालबालिका संरक्षण सम्बन्धि ऐन २०७५ दफा ७४, उपदफा २ र मुलुकी अपराध संहिता २०७४ को दफा २१९ उपदफा २ मा रहेका कानुनहरु संशोधन तथा परिमार्जन गर्न प्रस्ताव गरिएको छ। यसबारे कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सदनमा छलफल चलाउँछ ।































प्रतिक्रिया