तारा एयरको सम्पर्कविहीन विमानकाे खोजी तीव्र पार्न गृहमन्त्रीको निर्देशन

तारा एयरको सम्पर्कविहीन विमानकाे खोजी तीव्र पार्न गृहमन्त्रीको निर्देशन

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री बालकृष्ण खाणले तारा एयरको सम्पर्कविहीन विमान खोजी तीब्र पार्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्। पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएपछि गृहमन्त्री खाणले उक्त निर्देशन दिएका हुन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआइजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरि विमान खोजीका लागि सबै स्रोतसाधन परिचालन गर्न मन्त्री खाणले निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ।

Skip This
Skip This
Logo