यौन हिंसाकाे उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता

यौन हिंसाकाे उजुरी दिने हदम्याद बढाउन विधेयक दर्ता

केन्द्रबिन्दु
0
Shares

सरकारले यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउन कानुन बनाउने तयारी थालेको छ। यौन हिंसामा परेकाले एक वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरि कानुन बनाउन लागेको हो। 

यसका लागि आइतबार संघीय संसद सचिवालयमा विधेयक दर्ता गरिएको छ। कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्दामा हदम्याद बढाउनेसम्बन्धी विधेयक सचिवालयमा दर्ता गरेका हुन्। 

यौन हिंसाका पीडितले उजुरी दिने हदम्याद नै राख्न नहुने पनि आवाज उठिरहेको छ। तर, सरकारले विद्यमान कानुनलाई संशोधन गरेर हदम्यादको समय बढाउने गरी विधेयक सचिवालयमा दर्ता गरेको हो।

Logo