बजेट २०७९/८० : आयातबाट उत्पादनतर्फ प्रस्थान

बजेट २०७९/८० : आयातबाट उत्पादनतर्फ प्रस्थान

केन्द्रबिन्दु
0
Shares

सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गरेको छ। 

आज अपराह्न ४ बजेदेखि सुरु भएको सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गरेका हुन् ।
       
यो बजेट आयातबाट उत्पादनतर्फ र बञ्चितिकरणबाट समावेशीकरणतर्फ प्रस्थान भएको उनले बताए। कोभिडपछिको अर्थतन्त्र लयमा फर्कन लागेको बताउँदै उनले चालू आवमा राजस्व सङ्कलन सन्तोषजनक रहेको उल्लेख गरे।

अर्थमन्त्री शर्माले उत्पादनमा आधारित अर्थतन्त्रको विकास गरी रोजगारी सिर्जनाका लागि गरिबी निवारण गर्ने, प्राकृतिक स्रोतसाधन र पूँजीको परिचालन गरि रोजगारी सिर्जना गर्ने विषय बजेटको प्राथमिकतामा रहेको जानकारी गराए। 

बैठकमा अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरिरहेका छन्। आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बुझिएको छ ।

Skip This
Skip This
Logo