सरकारले आगामी आर्थिक वर्षदेखि मल कारखाना खोल्ने भएको छ। ग्रिन हाइड्रोजन र ग्रिन एमोनिया प्रविधि प्रयोग गरि रासायनिक मल कारखाना स्थापना गर्न लगानी बोर्ड मार्फत कार्य अगाडि बढाइने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।
आइतबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्ष प्रमुख बालीहरू लगाउने समयमा रासायनिक मल खरिदका लागि १५ अर्ब मल खरिदका लागि रकम बिनियोजन गरिएको जानकारी दिए। तिनै तहको समन्वयमा प्रत्यक पालिकामा प्राङ्गारिक मल उत्पादन तथा उपयोगलाई प्रोत्साहन गर्न आवश्यक रकम बिनियोजन गरिने बताउदै उनले धान, गहुँ मकै र दुध लगायतका उत्पादनको न्यूनतम् समर्थन मूल्य तोकिने बताए । उक्त मूल्यमा तोकिएका खाद्यान्न बाली खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेड लगायतका संस्थाहरूले खरिद गर्ने व्यवस्था गरिनेसमेत शर्माले बताए ।
समर्थन मूल्य र खरिद मूल्यबीच अन्तर हुन गएमा सोधभर्ना उपलब्ध गराउने व्यवस्था मिलाइने भन्दै शर्माले धान लगायत खाद्यान्न भण्डारका लागि मुलुकभर एक सय सामुदायिक खाद्य गोदाम र घर निर्माण गर्न ४५ करोड बिनियोजन गरिएको बताए।
त्यस्तै खाद्य सुरक्षाका लागि कृषिमा आत्मनिर्भरताका लागि गुणस्तरिय बिउबिजनमा क्रमशः आत्मनिर्भर बनाउदै लगिने बताए। उन्नत तथा वर्णशंकर बिउ विकास तथा अनुसन्धानमा राष्ट्रिय कृषि अनुसन्धान परिषद्, विश्वविद्यालयहरू, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, नीजि क्षेत्र र किसानहरूको समन्वय र सहकार्यलाई प्रभावकारी बनाइने उनले बताए । त्यस्तै सरकारले किसान परिचयपत्रको आधारमा सार्वजनिक ठाउँमा सेवामा सहुलियत तथा छुट प्रदान गरिने व्यवस्था मिलाउने बताएको छ ।





























प्रतिक्रिया