उद्धारकर्ता भन्छन्, कोहीपनि जिवित भेटेनौँं, शब चिन्न नसकिने अवस्थामा छन्

उद्धारकर्ता भन्छन्, कोहीपनि जिवित भेटेनौँं, शब चिन्न नसकिने अवस्थामा छन्

केन्द्रबिन्दु
0
Shares

आइतबार दुर्घटनामा परेको तारा एयरको विमान दुर्घटनास्थलमा कोहिपनि व्यक्ति जिवित नभेटिएको उद्धारकर्ताले बताएका छन् । 

दुर्घटनास्थल पुगेका इन्द्रसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ बताएका हुन् । नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको छ । आइतबार विहान जोमसोमका लागि पोखरा बाट उडेको विमान सम्पर्कविहिन भएको थियो ।

दुर्घटनामा परेको आशंका गरिएपनि मौसम खरावीका कारण हिजो खोजी गर्न असफल भएको थियो । आज विहानैदेखी खोजी सुरु गरिएकोमा आज विहान थासाङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । 

Logo