एनआरएनएले भन्याे, ‘बजेट सकारात्मक छ’

एनआरएनएले भन्याे, ‘बजेट सकारात्मक छ’

केन्द्रबिन्दु
0
Shares

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारले आइतबार संसदमा प्रस्तुत गरेकाे बजेटको स्वागत गरेको छ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत बजेट वक्तव्यमा गैरआवासीय नेपाली संघले उठाउँदै आएका थुप्रै माग सम्बोधन गरिएको उल्लेख छ। गैरआवासीय नेपाली लक्षित विभिन्न कार्यक्रम घोषणा गरिएको भन्दै संघले स्वागत गरेको हो ।

विज्ञप्तिमा विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरिदको बाटो खुला गर्ने जस्ता प्रावधान पनि सकारात्मक रहेको उल्लेख छ। यसअघि नेपाल सरकारले विदेशमा बसोबास गरिरहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न सहज गर्नुका साथै यही जुन १ तारिखदेखि नेपाल राष्ट्र बैंकले आकर्षक ब्याजदर दिनेगरि वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्न लागेको छ। 

Skip This
Skip This
Logo