विमान दुर्घटनाको वास्तविकता पत्ता लगाउन जनमोर्चाको माग

विमान दुर्घटनाको वास्तविकता पत्ता लगाउन जनमोर्चाको माग

केन्द्रबिन्दु
0
Shares

विमान दुर्घटनाको वास्तविकता पत्ता लगाउन जनमोर्चाले माग गरेको छ । राष्ट्रिय जनमोर्चाले आइतबार भएको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरेको हो । उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले मंगलबार विज्ञप्ति प्रकाशित गरी हवाइ दुर्घटनाको कारण पत्ता लगाउन माग गरेकी हुन्।

राजमोले नेपालको आकाशलाई सुरक्षित बनाउन आवश्यक ध्यान दिन पनि सरकारसँग माग गरेको छ। ‘जहाज दुर्घटनाले नेपाली हवाई क्षेत्रको सुरक्षाबारे पुनः प्रश्न उठाएको छ। पर्यटनमन्त्री प्रेम आलेबाट नै नेपालमा पुराना जहाज उडाइने गरेको भनाई सार्वजनिक भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको आकाशलाई सुरक्षित गर्न सम्पूर्ण पहल गर्नको लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै दुर्घटनाबारे जाँचबुझ गरी वास्तविकता सार्वजनिक गर्न अनुरोध गर्दछौं।’ दुर्घटनामा ज्यान गुमाउनेप्रति जनमोर्चाले श्रद्धाञ्जली अर्पण गरेको छ । 

Logo