सप्तरीमा बसको ठक्करबाट युवकको मृत्यु

सप्तरीमा बसको ठक्करबाट युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सप्तरीको कंचनरुप नगरपालिका-१२ मा गएराती बसको ठक्करबाट एक युवकको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा अन्दाजी ३० वर्षीय युवक रहेका छन् । मृतकको सनाखत हुन बाँकी रहेको छ । पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ८२५ नम्बरको बसले गएराती ९ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न बस सहित चालकलाई इलाका प्रहरी कार्यालय कंचनपुरले नियन्त्रणमा लिएको छ ।

Logo