चिनी मिल सञ्चालन भए मेरो घर सरकारको नाममा पास गरिदिन्छु : विमल श्रीवास्तव

चिनी मिल सञ्चालन भए मेरो घर सरकारको नाममा पास गरिदिन्छु : विमल श्रीवास्तव

केन्द्रबिन्दु
0
Shares

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद बिमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल सञ्चालन भएमा आफ्नो नामको एउटा घर सरकारको नाममा पास गरिदिने घोषणा गरेका छन् । 

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने उद्घोष हुनु स्वागतयोग्य भएको बताए ।

 ‘यदि यो साल वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने म त्यति सम्पन्न व्यक्ति होइन, मसँग पैसा पनि छैनु, सांसद श्रीवास्तवले भने, ुतर, यो दुईवटा सञ्चालन भयो भने मेरो नामको एउटा घर छ त्यो घर या त सरकारको नाममा पास गरिदिन्छु अथवा त्यो घर बेचेर भए पनि एक करोड, डेढ करोड जति पैसा हुन्छ म यो सरकारलाई वीरगञ्जको चिनी मिल र कृषि औजार सञ्चालनका लागि त्यो फन्डमा म आफ्नो व्यक्तिगत रुपले सहयोग गर्ने आज सभामा म प्रतिज्ञा गर्दछु ।’

आगामी आर्थिक वर्षको बजेटमा सत्तापक्षकै सांसदहरूको असन्तुष्टि रहेको उल्लेख गर्दै उनले बजेट झारा टार्ने किसिमले मात्रै ल्याइएको बताए ।

Logo