नेसन्स कपको यो सिजन आज (बुधबार) बेलुकी पोल्यान्ड विरुद्व वेल्सको खेलबाट सुरु हुदैछ । आजबाट सुरु हुने नेसन्स कपमा ५५ वटा देशहरु एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।
यो नेसन्स कपको तेस्रो सिजन हो यस पटकको प्रतियोगितामा प्रत्येक देशले समुह चरणमा एकअर्कासँग ४ खेल खेल्नेछन् । यो प्रतियोगिताको पहिलो सिजनको बिजेता फ्रान्स र दोस्रो सिजनको बिजेता पोर्चुगल हो । आजको पहिलो खेलमा पोल्यान्ड र वेल्स एक अर्का बिरुद्व खेल्नु अघि यी दुई देश आजसम्म ८ औं पटक एक अर्कासँग खेलीसकेका छन् । जसमा ५ खेल पोल्यान्डले जितेको छ भने एक खेल वेल्सले जितेको छ । र एक खेल बराबरीमा टुङगिएको छ ।
नेसन्स कपका मुख्य आकर्षणहरु
क्रिस्टियानो रोनाल्डो पोर्चुगल, रोबर्ट लेवान्डोस्की पोल्याण्ड, केलियन एमबाप्पे, करिम बेन्जेमा फ्रान्स, केभिन डी बुरुएन, इडेन हाजार्ड, थिबाउट कोर्टोइस, बेल्जियम, बुकायो साका, फिल फोडेन, ह्यारी केन इंग्ल्याण्ड, फ्रेन्की डी जोङ नेदरल्याण्ड, फेरान टोरेस, अन्सु फाटी स्पेन, एर्लिङ हालान्ड नर्वे, ग्यारेथ बेल वेल्स, करिम अडेमी जर्मनी, आदि।





























प्रतिक्रिया