तारा एयर विमान दुर्घटना : आफन्तलाई शव हस्तान्तरण गरिँदै

तारा एयर विमान दुर्घटना : आफन्तलाई शव हस्तान्तरण गरिँदै

केन्द्रबिन्दु
0
Shares

गत आइतबार मुस्ताङको थासाङमा तारा एयरको विमान दुर्घटनामा परि ज्यान गुमाएकाहरुको शव आज आफन्तलाई हस्तान्तरण गरिँदै छ । 

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान गत आइतबार थासाङ-२ सोनसुरे भिरमा र्दुघटनाग्रस्त अवस्थामा सोमबार फेला परेको थियो । उनिहरुको शबको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम सकिएसँगै आज आफन्तलाई बुझाउन लागिएको हो । 

र्दुटनामा ज्यान गुमाएका सबै २२ जनाको शव सोमबार र मंगलबार दुई चरणमा काठमाडौं ल्याइएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए।

Skip This
Skip This
Logo