एमसीसी जस्तै बुढीगण्डकी आयोजना नगिजोल्नु : प्रदीप ज्ञवाली

एमसीसी जस्तै बुढीगण्डकी आयोजना नगिजोल्नु : प्रदीप ज्ञवाली

केन्द्रबिन्दु
0
Shares

 नेकपा एमालेका उपमहासचिव तथा सांसद प्रदीप ज्ञवालीले एमसीसी पास गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा सहभागी हुँदै गिजोल्नु गिजोलेर भए पनि एमसीसी पारित गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन् ।

ठूला योजनाहरूलाई राजनीतिक ध्येय साँध्नका लागि नगिजोल्न पनि सरकार र सत्तारुढ दलका नेताहरूलाई सुझाव दिदै पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले विद्युत् परियोजनाहरूलाई नगिजोल्न सुझाव दिएका हुन् । ुविदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ तर तपाईंहरूका क्रियाकलापले विदेशी लगानीकर्तालाई लगातार हतोत्साहित गरिरहेको छ’, उनले भने ‘हिजो गिजोल्नसम्म गिजोलियो एमसीसी, पछि के देख्नुभयो तपाईंहरुले, सत्ता जान्छ भन्ने ठान्नुभयो के ठान्नुभयो, कुरा त जहाँको त्यहीँ छ तर एमसीसी पास गर्नुभयो, धन्यवाद भन्छु मैले ।’

फागुन १५ गते प्रतिनिधिसभाबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएको थियो । त्यतिबेला एमालेले प्रतिनिधिसभा अवरोध गरिरहेको थियो । एमालेले त्यतिबेला एउटा पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर एमसीसी पारित गरेको कुरामा समर्थन गरेको बताएको थियो । ज्ञवालीले संसद्को रोष्ट्रमबाट नै सरकारलाई एमसीसी पारित गरेकोमा धन्यवाद दिएका हुन् ।

एमसीसीजस्तै बुढीगण्डकी आयोजना नगिजोल्न पनि सुझाव दिए । ुतर, आज त्यसैगरी बुढीगण्डकी गिजोल्दै हुनुहुन्छ । यो गिजोल्ने कुरामा किन आनन्द आउँछ रु हामीले त सरकार परिवर्तन होस् तर नीति स्थिर रहनुपर्ने होइन र रु राजनीतिक स्थायित्वको महत्वपूर्ण आधार भनेको नीतिको स्थिरता र निरन्तरता हो’, नेता ज्ञवालीले भने ‘नयाँ सरकार आउँदा यी कुराहरूमा परिवर्तन हुँदैन भन्ने अनुमान गर्न सकिने हुनुपर्छ । लगानीकर्ताले नयाँ सरकार आएपछि पनि यी कुरा परवर्तन हुँदैन भनेर ३० वर्षको योजनासहित लगानी गर्न आउने हो ।

चीनलाई दिने भनेर निर्णय भएको बुढीगण्डकी जलविद्युत् परियोजना सरकार आफैले बनाउने योजना ल्याएको छ । कहिले चीनलाई दिने कहिले आफै बनाउने भन्ने कुराले सरकारमा अस्थिरता देखिएको ज्ञवालीको भनाइ थियो । ुहिजो के देखेर चीनलाई दिने भन्यौं  आज के देखेनौं, के पाएनौं फेरि नदिने भन्यौं । यस्तो खालको अस्थिरता उनले भने, हिजो आफू सरकारमा रहँदा एमसीसीमा हस्ताक्षर गर्यौं  । त्यसपछि तीन वर्ष त्यसविरुद्ध आगो बाल्यौं । यसले नीतिको स्थिरता भएन । यसले लगानीकर्ता बाह्य जगतलाई विश्वासको सन्देश दिँदैन । विश्वास भएन भने लगानी हुँदैन।

नेपालमा लगानी गर्न आउनेहरू नाफा कमाउन नै आउने भएकाले वैदेशिक लगानीको नीतिमा अस्थिर बनेर लगानीको वातावरण विथोल्न नहुने उनको भनाइ थियो ।
 

Logo