युक्रेन फिफा विश्व कप छनोटको प्ले अफ फाइनलमा

युक्रेन फिफा विश्व कप छनोटको प्ले अफ फाइनलमा

केन्द्रबिन्दु
0
Shares

युक्रेन फिफा विश्व कप छनोटमा प्ले अफ फाइनलमा पुगेको छ । गएराति स्कटल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै आफ्नो विश्व कपको लागि सम्भावना जिवित नै राखेको छ ।

 युक्रेनले अब प्ले अफ फाइनलमा वेल्ससँग खेल्नेछ । यता वेल्स पनि हिजोको खेलमा पोल्यान्डलाई हराएर नेसन्स लिगमा विजयी सुरुआत गरेको छ । जुन ५ मा हुने फाइनल खेलमा विजयी हुने टोली सोझौं कतार विश्व कपमा पुग्नेछ । 

यसै वर्ष २४ फेब्रुअरीमा रुसले युक्रेनलाई हमला गरेपछिको यो नै युक्रेनको पहिलो आधिकारिक खेल थियो । युक्रेनका लागि खेलको ३३ औँ मिनेटमा एन्ड्री यार्मोलेन्को, ४९ औँ मिनेटमा रोमन यारेम्चुक र इन्जुरी समयमा आर्टेम डोभबकले गोल गरे ।

यस्तै स्कटल्यान्डका लागि कलुम म्याकग्रेगरले खेलको ७९ औँ मिनेटमा एक सान्तवना गोल फर्काए । फिफाले सुरुमा रुस–युक्रेनबिचको खेल मार्चमा संचालन गर्ने तालिका भएतापनि रुस युक्रेन युद्धका कारण सो खेल २ जुनमा सारिएको थियो ।

Logo