सामाजिक सञ्जालबाट मानसिक यातना दिएको जाहेरी परे अनुसन्धान हुन्छ : धिरजप्रताप सिंह

सामाजिक सञ्जालबाट मानसिक यातना दिएको जाहेरी परे अनुसन्धान हुन्छ : धिरजप्रताप सिंह

केन्द्रबिन्दु
0
Shares

सामाजिक सञ्जालबाट मानसिक यातना दिएको जाहेरी परे अनुसन्धान हुने भएको छ । नेपाल प्रहरीका प्रमुख धिरजप्रताप सिंहले सामाजिक सञ्जालबाट मानसिक यातना दिने गरी महिलाविरुद्ध हुने हिंसामा जाहेरी परे अनुसन्धान हुने बताएका छन् ।

बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित पत्रकार सम्मेलनमा उनले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमार्फत हुने हिंसाबारे जाहेरी परे अनुसन्धान हुने बताएका हुन् ।

नेपाल प्रहरीको नेतृत्व गरेको एक महिना पूरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले अरु आईजीपी जस्तो छुट्टै प्राथमिकता सार्वजनिक नगर्ने पनि बताए ।

‘मभन्दा अगाडिका प्रहरी प्रमुखको प्राथमिकता नै मेरो प्राथमकिता हो, अर्को हुँदैन’, सिंहले थपे, ‘वस्तुनिष्ठ अनुसन्धान, प्रहरी समायोजनालाई निष्कर्षमा लैजाने, मानवअधिकारको सम्मान गर्दै अपराध नियन्त्रण जस्ता नेपाल प्रहरीको प्राथमिकताले नै मेरो नेतृत्वको पनि प्राथमिकता हो ।’

उनले विगतका नेतृत्वले ल्याएका सबै योजना अब्बल भए पनि प्रभावकारी कार्यान्वयनको अभाव भएको बताउँदै आफूले कार्यान्वयनमा ध्यान दिने जनाए ।

‘बाँकी रहेका निर्मला हत्या प्रकरण जस्ता जघन्य अपराधका घटनामा पनि मेरो ध्यान हुनेछ’, उनले भने, ‘प्रहरी संगठनभित्र सरुवा बढुवालाई मेरिट लिष्टको आधारमा अघि बढाइनेछ । ब्याचलाई नै उछिनेर कसैलाई ल्याइनेछैन ।’

Skip This
Skip This
Logo