सेञ्चुरी बैंकका ग्राहक र कर्मचारीले सिद्धार्थ बिजनेश ग्रुपका रेष्टुरेन्ट र आवासमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि.बीच सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान दिने सम्झौता भएको हो ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाईल बैंकिङ्ग प्रयोगकर्ता र सबै ग्राहक तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको देशभर संचालनमा रहेका होटेल तथा रेष्टुरेन्टहरुमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशत सम्म छुट दिनेगरी सम्झौता भएको हो ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र सिद्धार्थ बिजनेश ग्रुपअफ हस्पिटालिटीका तर्फबाट बजार प्रबन्धक निर्पेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४३ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।





























प्रतिक्रिया