बंगलादेशमा कन्टेनर डिपोमा भीषण आगलागीः ५ जनाको मृत्यु, दर्जनौँ घाइते

बंगलादेशमा कन्टेनर डिपोमा भीषण आगलागीः ५ जनाको मृत्यु, दर्जनौँ घाइते

केन्द्रबिन्दु
0
Shares

बंगलादेशको दक्षणिपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको  भीषण आगलागीमा परी कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै करबि १०० जना घाइते भएका अधकिारीहरूले आइतबार बताएका छन् । 

आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिकारी जलाल अहमदले भने । आगो निभाउन अग्नि नियन्त्रक युनिट आगो निभाउन डिपोमा पुगेका थिए ।

आगलागीकै क्रममा ठूलो विस्फोट हुँदा अग्निनियन्त्रकसहित दर्जनौँ घाइते भएका थिए । चटगाउँका प्रमुख चिकित्सक इलियास चौधरीले आगलागीमा कम्तीमा ५ जनाको मृत्यु भएको र करिब १०० जना घाइते भएको बताए । घाइतेमध्ये २० जनाको अवस्था गम्भीर छ ।

एजेन्सी

Skip This
Skip This
Logo