इगा स्वातेकलाई फ्रेन्च ओपनको उपाधि

इगा स्वातेकलाई फ्रेन्च ओपनको उपाधि

केन्द्रबिन्दु
0
Shares

२१ वर्षिय पोलीस खेलाडी इगा स्वातेकले कोको गौफलाई हराएर फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छिन् ।

उनले शनिवार साँझ भएको फाइनल खेलमा १८ वर्षीया अमेरिकी खेलाडी कोको गौफलाई ६–१ र ६–३ को सोझो सेटमा हराएर सो उपाधि जितेकी थिइन । 

यो जितसँगै विश्व नम्बर १ स्वातेकले ३५ खेलसम्म अपराजित रहेको कीर्तिमान आफ्नो नाममा लेखाएकी छन् । 

पाेल्याणडकी स्वातेकले सन् २०२० मा पनि फ्रेन्च ओपनको उपाधि जितेकी थिइन् । विश्व नम्बर एक खेलाडी स्वातेकले अहिलेसम्म २ पटक मात्रै ग्राण्डस्लामको उपाधि जितेकी छन्, जसमा दुबै फ्रेन्च ओपन हुन् । यही वर्ष अस्ट्रेलियन ओपनको सेमिफाइनलसम्म पुगेकी उनी गत वर्ष भने बिम्वलडन युएस ओपनको चौथो चरणबाटै बाहिरिएकी थिइन् ।

फ्रेन्च ओपनको उपाधिसँगै उनले २.२ मिलीयन अर्थात २९ करोड ३४ लाख रुपैंया बराबरको धनरासी जितेकी छिन् ।

पुरुष एकल तर्फको उपाधिका लागि आज राति स्पेनका राफेल नाडाल र नर्वेका कास्पर रुडबीच खेल हुनेछ । रुड ग्राण्डस्लाम टेनिसको फाइनलमा पुग्ने पहिलो नर्वेजियन खेलाडी हुन् भने नाडाल ग्राण्डस्लामको २२औं उपाधि नजिक छन् । 

Logo